मुख्यमन्त्री शंकर पोखरेलले दिए पदबाट राजीनामा

काठमाडौं: लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले आज प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिनुभएको हो । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए ।

आजको प्रदेशसभाको विशेष अधिवेशन सत्तापक्ष एमालेले बहिष्कार गरेको छ । संविधानविपरीत आएको अविश्वास प्रस्तावलाई प्रदेश प्रमुखले मान्यता दिएको भन्दै सत्ता पक्ष अनुपस्थित भएको हो । यद्दपी प्रदेशसभाको कारवाही सभामुख पूर्णवहादुर घर्तीले अघि बढाउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार