काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो दिन आज झिनो अंकको सुधार आएको छ । आज नेप्से ०.६६ अंकले बढेर तीन हजार एक सय ८ दशमलब १३ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १४ अर्ब ३० करोड ८१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६ समूहको बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।
त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ८ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सलव पावर कम्पनी र जीवन विकास लघुवित्तको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।
त्यसैगरि, आज युनियन लाइफ इन्स्योरेन्स, ङादी ग्रुप पावर कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक र छ्याङिद हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको शेयरमूल्य आज करिब १० प्रतिशतले बढेको छ ।







