बाली विज्ञान सञ्चालनका लागि लाेखिमका पुर्वविद्यार्थीले गरे रु.१० लाख सहयोग

सोलुखुम्बु : जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्चले बाली विज्ञान शिक्षा सञ्चालनका लागि संकलन गरेको सहयोग हस्तान्तरण गरेको छ । शनिबार काठमाडौमा सम्पन्न एक कार्यक्रमका बिच मञ्चले जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईलाई १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

मञ्चका अध्यक्ष राम किरण राईले विद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईलाई सो चेक हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाको विशेष पहलमा थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ को जनता माध्यमिक विद्यालयमा बाली विज्ञान विषय अध्यापन गराउने निश्चित भएपछि मञ्चले स्वतस्फुर्त रुपमा सहयोग संङकलन अभियान सुरु गरेको थियो ।

गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी गत शैक्षिक सत्रबाट ३ वर्षे बाली विज्ञान पढाइ सुरु गरेको छ । तीन वर्षे डिप्लोमाका विविध कोर्सहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र सरह मान्यता प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार