थप २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार २३७ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ५६९ पीसीआर र ३ हजार २६५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २ हजार ५० जना संक्रमित निको भएका छन्।

यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ। पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार