थप २,७१४ जना संक्रमित थपिए, २४ जनाको मृत्‍यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २, हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

१२८८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ । योसंगै संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ योसंगै ९ हजार ९हजार६सय६१ पुगेको छ भने ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार