खोप लिन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै

काठमाडौं : कोरोनाविरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ । खोप लिनका लागि जहाज आज चीन गएर भोलि फर्कने स्वास्थ्य मन्त्रालयले जनाएको छ। चीनसँग खरिद गरिएको खोप लिन आज राति जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

भेरोसेल खोप लिएर भोलि दिउँसो जहाज काठमाडौँ आइपुग्ने छ । भोलि नै फेरि सोही जहाज थप खोप लिन चीन जाने पौडेलले जानकारी दिनुभयो । चीनबाट अनुदानसहित ४८ लाख डोज खोप नेपाल आउने निश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप नेपाल ल्याइसक्ने तयारी सरकारको छ । पछिल्लो समय चीनले थप १८ लाख डोज खोप अनुदानमा दिएको छ । गत असार २५ गते ८ लाख मात्रा खोप नेपाल ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार