नेचा सल्यानले सार्वजानिक गर्याे वार्षिक प्रगति विवरण

  नेपालन्यूजसाईट समाचारदाता

साेलुखुम्बु  : जिल्लाकाे नेचासल्यान गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा ८४ प्रतिशत प्रगति गरेको छ । गाउँपालिकाले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा अध्यक्ष डुफकुमार बास्तोलाले ६०।६७ प्रतिशत पुँजिगत र ५८।२ वित्तिय प्रगति भएको विवरण सार्वजनिक गर्नुभयो ।

कुल बजेट रु.४७ करोड ४३ लाख ९९ हजार २ सय ८३ रुपैया मध्ये ८४ प्रतिशत रकम खर्च भएको गाउँपालिकाले जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरण अनुसार वडा गत रुपमा हेर्दा ३ नं. वडा कार्यालयले सबैभन्दा बढी योजना कार्यन्वयन गरेको छ । प्रतिशतको हिसाबले हेर्दा उक्त वडामा ९२.२ प्रतिशत बिकास खर्च भएको छ ।

विनियोजित बजेट मध्ये वडा नम्बर १ मा ८६.८८ प्रतिशत, वडा नम्बर २ मा ४३.३८ प्रतिशत, वडा नम्बर ४ मा ७९.५ प्रतिशत र वडा नम्बर ५ मा ६८.३ प्रतिशत बिकास बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।

शैक्षिक क्षत्रेमा ईन्टरनेट विस्तार र विद्यार्थीलाई सिम वितरण देखि तिङला–नेचा बिहिबारे सडक खण्ड बर्खामा समेत सञ्चालन गर्न सफल भएको अध्यक्ष बास्तोलाले सार्वजनिक गर्नुभएको प्रगति विवरणमा समेटिएको छ । यस्तै ग्रामिण विद्युतिकरणको काम अन्तिम चरणमा पुगेको, १५ शैयाको अस्पताल भवनका लागि विस्तृत योजना सर्वेक्षण कार्य सम्पन्न भएको विवरण उल्लेख गरिएको छ ।

गाउँपालिकाले १५० किलोमिटर सडक ट्रयाक ओपन गरेको, ५० किलोमिटर सडक स्तरोन्नती गरेको र १३ किलोमिटर सोलिङ गरेको जनाएके छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार