फेरी बढ्यो कोरोना संक्रमण, थप ३१०८ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ हजार १०८ जना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार १०८ जना संक्रमित थपिएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८३६ जना पिअिसार परीक्षण गर्दा दुई हजार २सय २ र ४ हजार २सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ९०६ जनामा संक्रमण पुष्टि भएको छ ।हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २१ हजार ०२ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमित निको भइसकेका छन्।

आज देशभर एक हजार ५९५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ६०७ जना संक्रमितको मृत्यु भइसकेको छ। देशभर २६ हजार ४१९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार