कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको सुरुवात गर्नुभएको छ । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर देउवाले शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी पनि सहभागी हुनुहुन्थ्यो । अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो । यो खोप एक डोजमात्र लगाए पुग्छ ।

उक्त खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ६ गतेसम्म जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार