सरकारको पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप हो : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकता कोरोनाविरुद्धको खोप भएको बताउनुभएको छ । संसदमा उठेका प्रश्नको जवाफ दिँदै देउवाले सरकारको पहिलो, दोश्रो र तेश्रो प्राथमिकता कोरोना खोप भएको बताउनुभएको छ ।

उहाँले सरकार पक्षले कहिल्यै विपक्षलाई आक्रमण गनु नहुनेसमेत बताउनुभयो । उहाँले केपी ओलीले नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटन गर्न बाध्य बनाएको बताउनुभयो ।

विकास भन्दा पहिला नागरिकको जीवन रक्षा भएको बताउँदै उहाँले लिम्पियाधुरासहितको नेपालको राजनीतिक नक्शा पारित गरेको जस एमाले एक्लैले लिन नहुने बताउनुभयो । मधेशको मुद्धामा समेत आफू छलफलका लागि तयार रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार