काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार ८ सय १ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ९ हजार ६२८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८सया१ जना संक्रमित थपिएका हुन ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६२८ जना पिअिसार परीक्षण गर्दा एक हजार २२३ र ३ हजार जनाको एन्टीजेन परीक्षण गर्दा ५७८ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख १६ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ।
तीमध्ये ६ लाख ३२ हजार ७४ जना संक्रमित निको भइसकेका छन्। आज देशभर एक हजार ६६७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ५५० जना संक्रमितको मृत्यु भइसकेको छ। देशभर २५ हजार ४८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तीमध्ये २२ हजार ८३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ६५१ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ५६१ जना आइसियुमा र १६५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।







