थप १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १८ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ६६ जनामा कोरोना परीक्षण गर्दा १८ सय ७५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै पीसीआर विधिबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ ।  एन्टिजेन विधिबाट कोरोना पुष्टि हुने ४८ हजार ३६२ रहेको छ ।

२४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।हालसम्म कोरोना संक्रमणबाट ९ हजार ५२७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय कोरोना संक्रमित २५ हजार ९५२ जना रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार