हलेसी तुवाचुङ–८ को सेवा आफ्नै भवनबाट

  नेपालन्यूजसाईट समाचारदाता

हलेसी : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको आफ्नै भवनबाट सूरु भएको छ । बिहिबार एक कार्यक्रमका बीच नवनिर्मीत वडाभवनको उद्घाटन संगै सेवा सूरु भएको वडा अध्यक्ष पृथ्वीराज राईले जानकारी दिनुभयो ।

नगरपालिकाबाट विनियोतिज ४० लाख बजेटबाट निर्माण सम्पन्न उक्त वडा भवनको नगरप्रमुख इवन राईले उद्घाटन गर्नुभएको छ । ६ कोठे आरसिसि भवन निर्माण सम्पन्न पछि सोही भवनबाट सेवा पारम्भ गरिएको वडाले जनाएको छ । यस अघि वर्षिक रु.१ लाख २० हजार भाडा तिरेर बसेको वडाको आफ्नै भवन हुँदा सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरिएको छ ।

भवन निर्माणको लागि स्थानीयवासी परमशेर राईले ३ रोपनी जग्गा निशुल्क प्रदान गर्नु भएको थियो । भवन उद्घाटन कार्यक्रममा नगरपालिका उपमेयर बिमला राई लगायतको उपस्थिति रहेको थियो । वडा भवन सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार