कर्मचारीलाई काम छोडेर चाकडी गर्न नआउन अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं :नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गर्नुभएको छ ।अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफु राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताउनुभयो ।

मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिड्ने आफ्नो प्रतिवद्धता भएको मन्त्री शर्माले बताउनुभयो । मन्त्री र कर्मचारीबीच कुनै दुरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गर्नुभयो । मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उहाँले आग्रह गर्नुभयो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार