कोरोनाविरुद्धको अमेरिकी खोप काठमाडौं आइपुग्यो

काठमाडौं :कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप काठमाडौँ आइपुगेको छ । कोभिड– १९ विरुद्धको जोनसन एन्ड जोनसन भ्याक्सिन कतार एयरवेजको नियमित उडानबाट त्रिभुवन विमानस्थलमा आइएपुगेको हो ।

अमेरिकाले नेपाललाई १५ लाख डोज खोप निःशुल्क प्रदान गरेको हो । यसअघि नेपालका लागि अमेरिकी राजदूत र्यालण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका थिए ।

अमेरिकाबाट प्राप्त खोप कुन उमेर समूहका नागरिकलाई लगाउने भन्ने निर्णय सरकारले गरिसकेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले छुटेका र जोखिमयुक्त समूहका नागरिकलाई प्राथमिकतामा राखेर खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार