काठमाडौं : पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १हजार ३सय ५३ र ३हजार ८ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जनाएको छ ।
संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २सय ९२, ललितपुरमा १ सय र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार९ जनाको मृत्यु भएको छ ।







