सोलुखुम्बुलाई प्रदेश सरकारबाट रु.३५ कराेड ४५ लाख बजेट (याेजनाकाे सूचिसहित)

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई रु.३५ करोड बढी बजेट विनियोजन गरेको छ । आगामी वर्ष खर्च गर्नेगरि जिल्लाका ८ स्थानीय तहका लागी प्रदेश सरकारबाट रु.३५ करोड ४५ लाख बजेट विनियोजन भएको हो ।

बिहिबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्बसम्मत रुपमा पारित भएको छ । जस अनुसार प्रदेश सभा (क) अन्तरगत पर्ने स्थानीय तहका लागि रु.२३ करोड १८ लाख र प्रदेश सभा (ख) अन्तरगत पर्ने स्थानीय तहका लागि रु.१२ करोड २७ लाख बजेट विनियोजन भएको सांसद उत्तम कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्राप्त जानकारी अनुसार सोलु दुुधकुण्ड नगरपालिकालाई रु.५ करोड ८१ लाख, माप्य दुधकोशी गाउँपालिकालाई रु.२ करोड १७ लाख, खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई रु.२ करोड ७ लाख र लिखुपिके गाउँपालिकालाई रु. २ करोड २२ लाख विनियोजन भएको छ ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिकालाई रु.९ करोड ६८ लाख, नेचासल्यान गाउँपालिकालाई रु.६ करोड ६२ लाख, सोताङ गाउँपालिकालाई रु.२ करोड ६ लाख र महाकुलुङ गाउँपालिकालाई रु. ४ करोड ८२ लाख बजेट विनियोजन भएको नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक तथा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो ।

जिल्लाको दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सांसद राजभण्डारी र बस्नेतले यहाँको आवश्यकतालाई केन्द्रमा राखेर बजेटका लागि पहल गरेको बताउँनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार