विराटनगर : प्रदेश १ मा आज ३७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्तामोडमा ९, कचनकवल र बुद्धशान्तिमा ६–६, कमल गाउँपालिकामा ५, मेचीनगर र बा¥हदशीमा ३/३, हल्दिबारीमा २, गौरादह, शिवसताक्षी, कनकाई र झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १/१, सुनसरीको इनरुवामा ४३, इटहरीमा २२, धरानमा २१, दुहवी र स्थानीय तह नखुलेका ४–४, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा १/१, मोरङको विराटनगरमा ५६, पथरीशनिश्चरेमा १०, कटहरीमा ६, उर्लाबारीमा ५, बेलबारी र बुढीगंगामा ४/४, जहदामा ३, लेटाङ, सुन्दरहरैचा, सुनबर्षी र ग्रामथानमा २/२, केराबारी र रंगेलीमा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि संखुवासभाको चैनपुरमा १०, खाँदबारी र स्थानीय तह नखुलेका १/१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २/२, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाख्रिबासमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १/१, उदयपुरको त्रियुगामा २ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ५७ पुगेको छ । संक्रमित भएका मध्ये ४९ हजार २३७ जना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमितको संख्या १५ हजार ७६८ रहेको मन्त्रालयले जनाएको छ । आज ३५८ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज १ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७२ महिला र २०७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।







