सोलुखुम्बुको कुन स्थानीय तहलाई कति बजेट?

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सोलुखुम्बुका स्थानीय तहलाई रु.२ अर्ब २८ करोड २३ लाख बजेट प्राप्त भएको छ । नेपाल सरकारले शनिबार अध्यादेशमार्फत ल्याएको कुल रु. १६ खर्ब ४७ अर्ब ५७ करोड मध्ये आर्थिक वर्ष २०७८/०७९ का लागि उक्त रकम सोलुखुम्बुको स्थानीय तहले पाउँने भएका हुन् ।

जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले रु.४४ करोड ९० लाख बजेट बजेट पाउने छ भने थुलुङ दुधकोशी गाउँपालिकाले रु. ३६ करोड ८९ लाख बजेट प्राप्त गर्ने छ ।

यस्तै नेचासल्यान गाउँपालिकाले रु.३५ करोड, माप्य दुधकोशी गाउँपालिकाले रु.२७ करोड ९० लाख, सोताङ गाउँपालिकाले रु.२३ करोड ८२ लाख, महाकुलुङ गाउँपालिकाले रु.२१ करोड ४८ लाख, खुम्बु पासाङल्हामू गाउँपालिकाले रु. २० करोड ५३ लाख र लिखुपिके गाउँपालिकाले रु. १७ करोड ७१ लाख प्राप्त गर्नेछ । जिल्लाको सात स्थानीय तहलाई हेर्दा सबैभन्दा बढी थुलुङदुधकोशीले बजेट प्राप्त गरेको छ भने लिखुपिके गाउँपालिकाले सबैभन्दा कम बजेट प्राप्त गरेको छ ।

https://drive.google.com/file/d/1RWo0ce4oTL4SWivkMRlWf_XnPTXMbHSm/view

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार