काठमान्डौः नेपाल सरकारले आगामी वर्ष १ लाख ६८ हजार घरमा जस्ताको छानो लगाउने गरि बजेट व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषण गर्दै खरको छानोमुक्त घर निर्माणका लागि रु.३ अर्ब ७५ करोड बजेट व्यवस्था गरेको बताउँनुभयो ।
यस अघि जस्ताको छानो लगाउन प्रदान हुँदै आएको प्रतिघर रु.५० हजारलाई बृद्धि गरि रु.७५ हजार पु¥याएको बताईएको छ ।







