कोरोना संक्रमितलाई निशुल्क उपचारको व्यवस्था

काठमाडौं : मारवाडी सेवा समिति नेपालले ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको छ । समितिले मित्रपार्कस्थित नेपाल भारतमैत्री अस्पतालसँगको सहकार्य र व्यवस्थापनमा पशुपति गौशाला धर्मशालामा अक्सिजनसहितको ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको हो ।

आइसोलेसनमा बिरामीहरुको ल्याब परिक्षण, अक्सिजन, खाना, बस्न तथा चिकित्सक र नर्सहरुको सेवा निःशुल्क उपलब्ध गराईने जनाइएको छ । कोभिड संक्रमितलाई आइसोलेसन सेन्टरकै सवारी साधनबाट ल्याउने, पु¥याउने सुविधा रहेको पनि मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले बताउनुभयो ।

आवश्यक परे आइसोलेसन सेवालाई ३०० बेड सम्मको बनाउन सकिने पनि उहाँले बताउनुभयो । मारवाडी सेवा समितिले यस अघि पनि प्राकृतिक विपत्ति तथा महामारीमा विभिन्न प्रकारका सामाजिक कार्यहरु गर्दै आएको छ । आइसोलेसनको सेवा लिनका लागि ९८०१०७१२११ र ९८०१९६७७०६ मा सम्पर्क गर्न  समेत अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार