थप ८२०३ जना संक्रमित थपिए, १९६ जनाको मृत्यु

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार २०३ जनालाई कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको छ।

पिसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित थपिएका हुन । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १९६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ४११ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार