काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ९३०५ जनामा संक्रमित थपिएका छन् । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा थपिएका हुन ।
नयाँ संक्रमित थप भएसँगै एक लाख एक हजार ६३४ जना सक्रिय संक्रमित रहेका छन्। ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर चार हजार ४४४ जना व्यक्ति निको भएका छन्। सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल ३९२४ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ।







