काठमाडौं : पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३०–३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ३०–३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २१ सय ३ जनामा कोरोना पुष्टि भएको छ । १–९ वर्ष – २१३,१०–१९ वर्ष – ५२४, २०–२९ वर्ष – २०५१,३०–३९ वर्ष – २१०३,४०–४९ वर्ष – १५५३,५०–५९ वर्ष – ११७३,६०–६९ वर्ष – ५९०,७०–७९ वर्ष – २३७,८०–८९ वर्ष – ८६,९०–१०० वर्ष– ९,– ६६ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ । जसमध्य काठमाडौँ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३० हजार १५५ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो विवरण अनुसार काठमाडौँमा मात्रै सक्रिय संक्रमितको संख्यामा २२ हजार ८०८ रहेको छ । यसैगरी काठमाडौँमा हालसम्म निको भएकाहरुको संख्या १ लाख ९ हजार ६९३ रहेको छ भने ८०३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौँमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ३३ हजार ३०४ पुगेको छ







