
काठमाडौं: कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि भएपछि काठमाडौंको बागमती नदी किनारमै शव जलाउन सुरू गरिएको छ।

पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मात्रै शव जलाउँदा समय लाग्ने भएपछि बागमती नदी किनारमा अस्थायी चिता बनाएर शव जलाउन सुरू गरिएको हो। कोरोना संक्रमितहरूको शव व्यवस्थापनको काम नेपाली सेनाले गर्दै आएको छ।









