काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा ५ हजार ७६३ जनामा संक्रमण पुष्टि भएको हो । यो नेपालमा संक्रमण देखिएयता एकैदिनमा पहिचान भएका सबैभन्दा धेरै संक्रिमित संख्या हो ।
यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनमा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।
यस्तै संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको संख्या ३ हजार २९८ पुगेको छ । थप १ हजार २८७ संक्रमणमुक्त भएका छन् । पछिल्लो तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ।







