अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक चार दिनमा संक्रमण दर दोब्बर रुपले वृद्धि हुँदै गइरहेको जनाएको छ ।

कोरोनाको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले स्वास्थ्य संरचनाले धान्न नसक्ने गरी संक्रमितको संख्या बढ्दै गइरहेको बताउनु भएको छ । उहाँले संक्रमण दर दिनप्रतिदिन बढ्दै गइरहेको भन्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गर्नृभएको छ ।

कोरोनाको जोखिम न्यूनीकरणका लागि सबैले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न प्रवक्ता गौतमले अपिल गर्नुभएको छ । उहाँले मानिसहरुको धेरै भीडभाड हुने गरी सभा, सम्मेलन, जात्रा, बैठक लगायतका क्रियाकपाल समेत नगर्ने आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार