सोलुखुम्बुकी शान्तिको “जुनी जुनी” बजारमा (भिडियो सहित)

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सोलुखुम्बुको काँकुमा जन्मनुभएकी शान्ती बस्नेतको शब्द रहेको “जुनी जुनी” बोलको आधुनिक गीत युटुवमा सार्वजनिक भएको छ । शान्ती बस्नेतको शब्द, खेमसरु मगरको संगितमा तयार भएको गीतमा चर्चित गायम सुगम पोखरेल र प्रबिशा अधिकारीको आवाज रहेको छ ।

गत आईतबार डि३६०आरटिएम युटुब च्यानलबाट सार्वबजनिक भएको “जुनी जुनी” गीतको एरेन्ज बिशाल निरौला र मिक्सीङ बिनय कार्कीको रहेको छ । यस्तै एकान्त मगरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा रबिन थापा मगर र माया केसियाको अभिनय रहेको छ । भिडियोलाई एलेन मगरले खिच्नु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार