भारतीय सेनाद्वारा उपहारस्वरुप कोरोना खोप हस्तान्तरण

काठमाडौं : भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख खोप उपहारस्वरुप हस्तान्तरण गरेको छ । गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरेपश्चात् फेरि पनि भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपहारस्वरुप हस्तान्तरण गरेको दूतावासले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारतले अबलम्बन गरेको ‘छिमेकी पहिलो’ नीतिअनुरुप भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहकाबीच भिडियो कन्फरेन्समार्फत सो खोप हस्तान्तरण गरेको छ । खोप नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गर्नुंभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार