काठमाडौंको बसन्तपुरमा होलीको उल्लास (फोटोफिचर)

काठमाडौं : आज (आइतबार) फागुन शुक्ल पूर्णिमा अर्थात रङहरुको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइँदै छ । तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ ।

हिमाल, पहाड र तराईमा गरी फरक फरक दिन मनाउने गरिएपनि पर्वको शुरुआत भने होलीको चीर ठड्याइएको दिनदेखि हुन्छ । यस वर्ष काठमाडौंको बसन्तपुरमा चैत्र ८ गते चीर ठड्याइएको थियो ।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्नको लागि ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई झिकाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं जलेर भष्म भएको र प्रल्हादको भक्तिका कारण आगोले छुन नसकेको कथा होलीपर्वसँग जोडिएको र पापी प्रवृति भएकी होलीकाको मृत्यु भएको खुशियालीमा परापूर्वकाल देखि होली मनाइँदै आएको कथन छ ।

चीर ठड्याइएको स्थान बसन्तपुरमा आइतबार दिउसो पुग्दा सर्वसाधारणहरुले उल्लाहसका साथ होली खेलिरहेको देखिएको छ । सरकारले कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै भीडभाड नगर्न आग्रह गरेपनि मानिसहरु बसन्तपुर क्षेत्र पुगेर रङ खेलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार