काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ४० जना आइसियुमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन्। गत २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना पुष्टि भएको छ।
जसमध्ये काठमाडौंमा ५३, भक्तपुरमा २ र ललितपुरमा ८ जना गरी ६३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ४८ हजार ९ सय ९३ पुगेको छ। एक संक्रमितको मत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २० पुगेको छ।
हाल ५२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ९० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना पुगेको मन्त्रालयले जनाएको छ।







