ब्रोडकाष्ट ग्रुप प्रालीले ग¥यो सोलु एफ.एमको लागी मिक्चर सहयोग

काठमाडौं : प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एमको लागी ब्रोडकाष्ट ग्रुप प्रालीले सामाग्री मिक्चर सहयोग गरेको छ । प्रालिका प्रमुख वसन्त श्रेष्ठसहितको टिमले सोलु.एफ.एमका स्टेसन मेनेजर भोजराज कार्कीलाई उक्त सामाग्री बुझाएको छ । ब्रोडकाष्ट ग्रुप प्रालीले आगलागीबाट पीडित रेडियोलाई पुन :प्रशारणको लागि भन्दै आवश्यक सामाग्री सयोग गरेको हो ।

यस संस्थाले कुनै पनि व्यावसायिक कम्पनीले नाफा मात्र होइन परेकोबेला सहयोगपनि गर्नुपर्छ भन्ने मान्यताकासाथ बिगत देखि गुणस्तरीय सेवा दिदै आएको छ ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ६ दोर्पुबजारमा रहेको रेडियोको स्टुडियोमा फागुन १६ गते राती आगलागी हुँदा करिब एक करोड बराबरको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार