सरकारले कोरोनाविरुद्धको खोप किन्न निजी क्षेत्रलाई अनुमति दिने

काठमाडौं : सरकारले निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप आयात गर्न अनुमति दिने भएको छ । औषधि व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै अनुमतिका लागि इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक विक्रेतालाई औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहित २०७७ मा तोकिएका कागजातसहित ७ दिनभित्र आवेदन दिन भनेको छ ।

खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी लागत विवरण पेश गर्नुपर्ने सूचना उल्लेख गरिएको छ । विभागले अहिले नेपालमा भारतको कोभिशिल्ड र चीनको सिनोफार्मले उत्पादन गरेका खोप प्रयोगका लागि अनुमति दिएको छ ।

अनुमति प्राप्त गर्ने आयातकर्ताले यी दुई कम्पनीका साथै विश्व स्वास्थ्य संगठनले अनुमति तथा सूचीकृत गरेका खोप आयात गर्न सक्ने विभागले जनाएको छ । सरकारले खरिद गरी ल्याउन लागेको खोप आयातमा ढिलाई हुने देखिएपछि निजी क्षेत्रलाई आयात खुला गरेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार