सोलुखुम्बु : जिल्ला अस्पताल फाप्लुको सेवा प्रति स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्यकर्मीको लापार्वाही कै कारण शनिबार बिहान एक नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पतालको चर्को आलोचना समेत गरेका छन् ।
सोलुदुधकुण्ड नगरपालिका–५ व्यारेक टोलिकी २५ वर्षीया रेणुमाया विश्वकर्मालाई प्रश्वाब वेथा लागेपछि शनिबार बिहान करिब ३ः३० बजे अस्पताल भर्ना गरिएको उहाँका श्रीमान मनोज रसाईलीको भनाई छ । उहाँका अनुसार स्वास्थ्यकर्मीको वेवास्ताका कारण नवजात शिशुको मृत्यु भएको हो ।
“चिकित्सकले प्रसूति हुँने समय चैत १६ गते तोकेको भए पनि बिहान करिब ३ः०० बजेतीर एक्कासी व्याथा लाग्यो ।” रसाईलीले भन्नुभयो, “श्रीमतिलाई निक्कै गाह्रो भयो, मैले चिच्याउँदै डाक्टर साब बोलाईदिनुहोस् भने, एक जना सिस्टरले तपाई बाहिर जानुहोस्, गैहाल्नुहोस् भन्दै हप्काउँनुभयो ।”
आँखाबाट आशु खसाल्दै रसाईलीले भन्नुभयो, “बच्चा अड्किएको थियो, हातले तानेर उनीहरुले निकालेका थिए त्यसैको असरले बच्चाको ज्यान गयो, समयमानै डक्टर आएको भए घटना हुँदैन थियो होला ।”
यता जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख शानी शेर्पाले भने चिकित्सकको लापार्वाहीका कारण नवजात शिशुको मृत्यु नभएको दावी गर्नुभयो । उहाँका अनुसार सुत्केरी समेत मधुमेहको बिरामी भएकाले बच्चामा समेत त्यसको असर देखिएको छ ।
“बच्चा जन्मदा शकुसल भएपनि धड्कन कम हुँदा कृतिम स्वासप्रश्वासको माध्यमबाट केही घण्टा बचाउन सफाल भयौ ।” निमित्त प्रमुख शेर्पाले भन्नुभयो, “ नवजात शिशुको हृदयघातका कारण मृत्यु भएको हो ।”
बिरामीका आफन्तले भने स्वास्थ्यकर्मीबाट दुव्र्यवहार समेत भएको आरोप लगाएका छन् । तर निमित्त प्रमुख शेर्पाले भने ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई स्पष्टिकरण लिदा त्यस्तो दुव्र्यवहार भएको नपाईएको बताउँनुभयो । चिकित्सकले गर्ने व्यवहारमा कम्जोरी हुन सक्नेभएकाले अस्पताल प्रशासनको तर्फबाट माफि माग्दै निमित्त प्रमुख शेर्पाले आगामी दिनमा त्यस्ता कम्जोरी गर्ने कर्मचारीलाई कार्वाही गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अस्पताल परिसरमा सरसफाई देखि कर्मचारीको रुखो व्यहारको कारण अधिकांश रोगको उपचारमा जिल्ला बाहीर जानुपर्ने बाध्यता रहेको बिरामीका आफन्त शैकुमार विश्वकर्माले बताउँनुभयो । स्वास्थ्य संस्थामा सरसफाई देखि बोलिचाली समेत सुध्रिएको हुनुपर्ने भएपनि विगत लामो समय देखि फाप्लुमा त्यस्तो व्यवहार नभेटिएको उहाँको गुनासो छ ।
अस्पतालमा निशुल्क पाईने औषधी समेत नपाएको ६७ वर्षीया बृद्धा हर्की विश्वकर्माले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मलाई यहाँका सिस्टरहरुले सिटामेला समेत किन्न लगाएका छन्, अरु त कुरै छोडौ ।” कम्जोरी गर्ने स्वास्थ्यकर्मीलाई कार्वाही गर्नुपर्ने उहाँको माग छ ।







