निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रलाई १ अर्ब ८ करोड ५३ लाख बजेट निकासा

काठमाडौं : अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहका निर्माणाधीन स्वास्थ्य सेवा लागि बजेट निकासा गरेको छ । १ सय १३ वटा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बजेट निकासाको स्वीकृति दिएको मन्त्रालयले जनाएको हो ।

स्थानीय तहका सबै वडामा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाको काम सम्पन्न भएको आधारमा वित्तीय हस्तान्तरणका रुपमा रकम पठाउने गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको छ । अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार