खोप सुरक्षित रहेकाले सबैले ढुक्क भएर लगाउँ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना भाइरसविरुद्दको खोप लगाउनु भएको छ । खोप लगाइसकेपछि उहाँले आफू सुरक्षित रहेको महसुस गरेको बतटाउनु भयो । उहाँले कोरोना भाइरसविरुद्दको खोप सुरक्षित रहेकाले सबैले ढुक्क भएर लगाउनु आग्रह गर्नुभयो ।

उहाँले २३ गतेदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान सुरु हुने भएकाले आफूले पनि सुरुमा सोही दिनमा लगाउने तयारीमा रहेको बताउनु भयो । तर संसद अधिवेशन सुरु हुने भएपछि ४ दिन अघि नै लगाउनु परेको समेत उहाँले जानकारीदिनु भयो ।

सांसदहरुलाई खोप लगाउन आज पहिलो दिन प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री त्रिपाठी, सांसदहरु लालबाबु पण्डित, मात्रिका यादव, उमेश श्रेष्ठ, विनोद चौधरी, देवप्रसाद गुरुङ, गणेशकुमार पहाडी, जयपुरी घर्ती लगायतले कोरोना खोप लगाइसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार