शालीनदीमा श्री स्वस्थानी व्रतकथा समापन हुदैँ (फोटोफिचर)

काठमाडौं: पौष शुक्ल पूर्णिमादेखि सुरु भएर एक महिनासम्म चलेको माधवनारायण तथा स्वास्थानी व्रत विधिवतरूपमा समापन भएको छ । काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायण तथा स्वास्थानीको व्रत बस्ने परम्परा रहेको छ ।

महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु भएको थियो ।

त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार