नेपाल सरकारले खरिद गरेको १० लाख डोज खोप आइपुग्यो काठमाडौं (फोटोफिचर)

काठमाडौं : सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौंमा आइपुगको छ । भारतको नयाँ दिल्लीबाट दिउँसोे करिव २ बजे एयर इन्डिया विमानमार्फत खोप काठमाडौको विमानस्थलमा अवतरण भएको हो ।

नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो। सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खरिद गरेको खोप पहिलो चरणमा १० लाख डोज मात्र आज आएको हो । उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ ।

दोस्रो चरणको खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूहलाई खोप लगाउन लागिएको छ। उक्त बैठकले दोस्रो चरणमा नै महाविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षण तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई समेत खोप लगाउन आवश्यक तयारी तथा व्यवस्थापन गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार