आजदेखि तेस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाईँदै

काठमाडौं:  सरकारले आजदेखि तेस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका जनप्रतिनिधिलगायतले खोप लगाउन पाउने छन् ।

यस्तै सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले खोप लगाउन पाउने मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा परिचय पत्र अनिवार्य बोक्नुपर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभएको छ ।

अहिलेसम्म २ लाख हाराहारीमा खोप लगाइएको र थप तीन लाख डोज अझै दिन सकिने गौतमले बताउनुभयो । भारत सरकारले माघ ८ गते नेपाल सरकारलाई अनुदानमा १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको थियो । पहिलो चरणमा ४ लाख ३० हजार डोज खोप तोकिए पनि एक लाख ८७ हजार मात्र खपत भएपछि दोस्रो चरणमा यूएन एजेन्सी, कूटनीतिक नियोग र पत्रकारलाई दिइएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार