काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ । हाल ९२ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा २ सय ६० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै हाल १ हजार ८ सय १५ जना सक्रिय कोरोना संक्रमितहरू रहेका छन् ।







