नेपाली बजारमा सुनको मूल्य वृद्धि

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ । छापावाल सुन आज प्रतितोला पाँच सय बढेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार