काठमाडौं : नेपालमा कोरोना संक्रमणले थप चारजनाको मृत्यु भएको छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज तीन सय ४८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
चार हजार नौ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमित पाइएका हुन् । यसमध्ये काठमाडौँ उपत्यकाका दुई सय १८ जना रहेका छन् । काठमाडौँमा एक सय ५९, ललितपुरका ३२ र भक्तपुरका २७ जना संक्रमित भेटिएको हो ।
यो अवधिमा चार सय ४१ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर तीन हजार सात सय ६४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । यस्तै एक सय ६१ जना आईसीयूमा र ३५ जना भेन्टिलेटरमा उपचाररत छन् ।







