काठमाडौं : विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससले आफ्ना निम्ति कोभिड–१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न धनी देशहरूलाई आग्रह गरेका छन् ।
डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले मलाई पहिला भन्ने शैली आफ्नै निम्तिसमेत हानिकारक हुने चेतावनी उनले दिए । असमान खोप वितरणका कारण संसार चरम नैतिक संकटको सम्मुख भएको भन्दै उनले अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने बताए ।
कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने जानकारी पनि उनले दिए । उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन् ।







