नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउन रुस तयार

काठमाडौं : रुसले नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउन तयार रहेको बताएको छ । रुसले उत्पादन गरेको कोराना खोप स्पुतनिक भी सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।

अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रुसको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ ।

केही महिनायता रुसले नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताइरहेको छ । केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि भारत, चीन, रुसलगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताउनुभएको थियो । नेपाल सरकारले भारतबाट जी टु जी प्रक्रियामार्फत् खोप ल्याउने तयारीसमेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार