सुनको मूल्य १३ सयले घट्यो

काठमाडौं :साताको पहिलो दिन स्थिर र तीन दिन लगातार उकालो लागेको सुनको भाउ आज भने घटेको छ । बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार ९५ हजार चार सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ९४ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ महासंघले जनाएको छ । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ३३० रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार