अध्यक्ष प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल स्वस्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उहाँको उपचार भइरहेको जानकारी दिनु भएको छ ।

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित हुनुहुन्छ । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उहाँको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार