काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोप तीन चरणमा ल्याउने तयारी गरेको छ । पहिलो चरणमा कोभ्याक्स सुविधाअन्तर्गत सहुलियत मूल्यमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई खोप लगाइनेछ ।
पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई लगाइनेछ । दोस्रो चरणमा कुल जनसंख्याको १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार दुई सय ६९ जनामा खोप लगाइने सरकारी लक्ष्य छ ।
जसमा रोगको उच्च घातक दरका भएका ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिक, ४० देखि ५४ वर्षका दीर्घरोगी र दीर्घरोग भएका प्रवासी कामदार रहेका छन् । तेस्रो चरणमा खोप लगाउनुपर्ने जनसंख्यालाई दुई समूहमा वर्गीकरण गरिएको छ ।
पहिलो समूहमा ४० देखि ५४ वर्षसम्मका सबै नागरिक ९ दशमलव ५५ प्रतिशत अर्थात् २९ लाख एक हजार एक सय चारजना रहेका छन् । उनीहरूका लागि ५८ लाख ६६ हजार ६ सय १३ डोज खोप आवश्यक पर्छ । अर्को समूहमा १५ देखि ३९ वर्ष उमेरका सबै नागरिक ४२ दशमलव ०७ प्रतिशत अर्थात् एक करोड २७ लाख ८० हजार ४८ जनाका रहेका छन् ।
सामान्य चिस्यानमा राख्ने भण्डारण क्षमतासमेत छैन । प्रदेश २ र कर्णाली प्रदेशमा भण्डारण क्षमता अत्यन्त कमजोर देखिएको छ । कोरोना खोप ल्याउन बजेटको समेत अभाव देखिएको छ । सबै देशवासीका लागि खोप ल्याउन ४८ अर्ब लाग्ने भए पनि अहिलेसम्म कोषमा २० करोड मात्रै जम्मा भएको छ ।







