बुधबार थप ७४३ जनामा कोरोना संक्रमण ,९५२ जना निको

काठमाडौं : नेपालमा बुधबार थप ७४३ जनामा कोरोना संक्रमण थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ लाख ५५ हजार ९७९ पुगेको छ । नेपालमा थप ७४३ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

गत २४ घण्टामा ९५२ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ । आजसम्म निको हुनेको संख्या २ लाख ४६ हजार ७०९ पुगेको छ । आज कोरोना भाइरस कोभिड – १९ बाट थप ५ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १ हजार ८०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६१६ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख ९० हजार ७४० जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ४०९ रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार