काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइहरको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि नौ सय रुपैयाँले घटेर ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको मंगलबार ९४ हजार चार सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर १२ सइ ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।







