नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण, ९ हजार ८८१ सक्रिय संक्रमित

काठमाडौं :पछिल्लो २४ घण्टामा नेपालमा ९३६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको छ।

हाल क्वारेन्टाइनमा ४५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन्। आज १ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।त्यस्तै, संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ३० पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार